Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मन्त्री कुलमान घिसिङको सय दिन : केके गरे काम ? (पूर्ण पाठसहित)

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको उपलब्धि र आगामी कार्ययोजना सार्वजनिक गरेका छन्।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जल तथा मौसम विज्ञान विभागमार्फत विशेष मौसम र बाढी बुलेटिन जारी गरिएको, जोखिम पूर्वानुमान समयमै सम्प्रेषण गरिएको र विभिन्न महत्वपूर्ण कामहरूमा प्रगति हासिल भएको विवरण प्रस्तुत गरे।

मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा आफ्नो जिम्मेवारी सम्हालेका थिए। उनले आफ्नो एक सय दिनको कार्यकालमा खासगरी यी उपलब्धिहरू उल्लेख गरेका छन् । 

केही महत्वपूर्ण उपलब्धि
१. बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिएपछि राजधानीको अस्तव्यस्त अवस्था समाधान
२. मेलम्चीको पानी काठमाडौं ल्याउन अवरोध हटाइयो
३. तातोपानी–कोदारी सडक खुलाइ उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन
४.मनसुनले क्षति पुर्‍याएको वीपी राजमार्गलाई समयमै अस्थायी सञ्चालनमा ल्याइ जनजीवन सहज


मन्त्री घिसिङले आगामी दिनमा पनि यस्तै सक्रियताका साथ पूर्वाधार, शहरी विकास र जलस्रोत क्षेत्रमा काम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हेरौँ पूर्णपाठ



 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार