Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाली महिला क्रिकेट टिम विश्वकपमा छनोट हुनेमा प्रशिक्षक पाठक आशावादी

काठमाडौं । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रोसँग हेरेको बताउँदै पाठकले विश्वकपमा छनोट हुने बताएका हुन् । 

नेपाल क्रिकेट संघ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको क्रिकेट वातावरण पनि राम्रो रहेको र टोलीमा राम्रो गर्ने क्षमता समेत रहेको बताए । योजना अनुरुप त्यसकको कर्यान्वयन गर्न सक्यो भने नतिजा राम्रो आउने उनको भनाई थियो । 

पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । उनले भने  ‘यहाँको कन्डिशन राम्रो प्रदर्शन गर्न सक्नेका लागि उत्कृष्ट लागेको छ, खेलका क्रममा जसले फाइदा उठाउन सक्छ उसैले जित निकाल्ने छ’, 

पाठकको प्रशिक्षणमा नेपालले आउँदो जनवरी १४ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफायर खेल्दै छ । प्रतियोगितामा नेपालसहित १० देशहरूले सहभागिता जनाउनेछन् ।

नेपाल क्रिकेट संघ क्यानले आसन्न आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

4-1766480525.png

1-1766480522.png

5-1766480527.png

2-1766480522.png

6-1766480527.png

3-1766480524.png

8-1766480529.png

7-1766480529.png

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार