Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

तीन दिनको अल्टिमेटम राखेर ओली र लेखकलाई बयानमा बोलाउने आयोगको तयारी

काठमाडौं ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगले दुवैजना सम्बन्धित आवश्यक प्रमाण संकलन पूरा भइसकेको जनाउँदै अब बयान लिनुपर्ने चरणमा पुगेको जनाएको हो। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार यसअघि ओली र लेखकलाई बयानका लागि औपचारिक पत्र नपठाइए पनि अब भने चाँडै पत्र काटिने तयारी भइरहेको छ।

यद्यपि, पूर्वप्रधानमन्त्री ओलीले आयोगसमक्ष उपस्थित भएर बयान नदिने अडान लिँदै आएका छन्। आइतबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले आयोगमा बयान दिन कतै नजाने भन्दै, आयोगको टोली आफ्नो घर आए चिया खुवाएर पठाउने प्रतिक्रिया दिएका थिए।

तर, नेपाल लिडसँगको कुराकानीमा आयोग सदस्य शर्माले भने ओली र लेखक दुवै जना तीन दिनभित्र आयोगसमक्ष बयानका लागि उपस्थित हुने दाबी गरे। तोकिएको समयभित्र उपस्थित नभए सरकारलाई औपचारिक रूपमा पत्राचार गरिने र त्यसपछि सरकारले कानुनी प्रक्रिया अनुसार दुवैजनालाई बयानका लागि बोलाउने शर्माले स्पष्ट पारे।

आयोगका प्रवक्ता शर्मासँग गरिएको थप अन्तर्वार्ता यहाँ हेर्नुहोस् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार