Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राप्रपाको निर्णायक आन्दोलन, किन पत्याएन निर्मल निवासले ?

काठमाडौं । झगडै झगडामा समय काटेको राप्रपाले फेरि आन्दोलनको बाजा बजाउन थालेको छ । सडकबाटै राजा फर्काउने हुँकार गरेको राप्रपाले पटक–पटक निर्णायक आन्दोलनको ध्वाँस दिनेगरेकोछ । २०८१ माघमा निर्णायक आन्दोलन गर्नेभनेर फागुन र चैत सडक तताउने निश्कर्ष निकाल्यो । राप्रपाको त्यो आन्दोलन दुर्गा प्रसाईंहरुले हाइज्याक गरेपछि चैत १५ गते काठमाडौंको तीनकुनेमा आगो बाल्यो । त्यसपछि आन्तरिक विवादमा फँसेको राप्रपा बौरिन सकेको छैन ।

निर्मल निवासले समेत नपत्याइदिएपछि अलमलिएको राप्रपा पटक–पटकको निर्णायक आन्दोलन त्यसै मिल्किएपछि फेरि सास फेर्ने मेसोमा छ । बल्लतल्ल पार्टीभित्र सहमति जुटाएका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले फेरि आन्दोलनको बाजा बजाउन थालेको छ । काठमाडौंमा आज मंगलबार राप्रपा नेता÷कार्यकर्ता सडकमा उत्रिएकाछन् । जेनजी आन्दोलनदेखि संक्रमणकालमासम्म राजा फर्काउने गरी कुनै काम गर्न नसकेको निर्मल निवासको बुझाइरहेको छ ।

त्यसैले सत्तामा फर्किने आशा बोकेका पूर्वराजा ज्ञानेन्द्र शाह लिङ्देनप्रति विश्वस्त रहेनछन् । राजनीतिक अस्तित्व जोगाउनमात्र लिङ्देनले राजाको नाम लिएको बुझाइ निर्मल निवासले बोकेको छ । फगत राजनीतिकै लागि राजसंस्था ? त्यो पनि कुरा मिलेको छैन । धवलशमशेरहरु सक्रिय राजा चाहन्छन्, राजेन्द्रहरु संवैधानिक भन्छन्, पार्टीभित्रै र्याङ्को ठ्याङ मिलेको छैन । त्यसैले के–को निर्णायक आन्दोलन ?

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार