NL न्यूज
काठमाडौै । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्।
एक टेलिभिजन अन्तर्वार्तामा भण्डारीले राजतन्त्र पुनर्स्थापना हुनसक्ने सम्भावना औंल्याएपछि नेता ज्ञवालीले त्यसलाई “सुन्दा उदेक लाग्ने” अभिव्यक्ति भनेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले लेखेका छन्, “पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भन्नु आफैं उभिएको धरातलप्रतिको विश्वास धरमराएको संकेत हो।” उनले यस्तो भनाइले आँखा बिझाउने दृश्य देखिएको टिप्पणी पनि गरेका छन्।
ज्ञवालीले यही सन्दर्भमा एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई समेत ‘आँखा बिझाउने’ घटनाका रूपमा उल्लेख गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीले अन्तर्वार्तामा आगामी राजनीतिको दिशाबारे चर्चा गर्दै ‘सम्भावना जे पनि हुन सक्छ’ भनेकी थिइन्, जसमा राजतन्त्र फर्कने सम्भावनाको कुरा पनि परेको थियो।
हेर्नुहोस् त उनको भनाइ

सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्