Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

थापा भन्छन् , 'म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु'

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।


सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू  महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गरे ।

महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको भन्दै उनले कांग्रेसको महाधिवेशन फागुनमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनअघि हुनैपर्ने अडान राखे ।  

क्रियाशिल सदस्यको कामहरु पठाउन ढिलाइ गरिरहेको बारे आपत्ति जनाउँदै उनले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार