Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रविपछि छवि पनि धरौटीमा रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा थुनामा रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी रिहा भएका छन्।

उच्च अदालत बुटवलले जोशीले दिएको थुनाबाहिर बस्न पाउने निवेदनमा सुनुवाइ गर्दै मिसिल पुनः जिल्लामा फिर्ता पठाउने आदेश दिएको थियो।

आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीसँग धरौटी माग गर्ने आदेश पनि जारी गरेको छ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा उनी थुनामा थिए।

त्यसैगरी, रास्वपा सभापति रवि लामिछानेलाई पनि यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार