Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कञ्चनपुर कारागार झडपबारे छानबिन समिति गठन

काठमाडौं ।  कञ्चनपुर कारागारभित्र दुई दिनअघि भएको झडप घटनाबारे छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ।
गत शुक्रबार कैदीबन्दी र नाइकेबीच भएको विवाद झडपमा परिणत हुँदा आठ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये दुई जना उपचारपछि कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ।

घटनापछि कैदीबन्दीले नाइकेहरूले कारागारभित्र एकाधिकार जमाएको, सेवा सुविधामा आर्थिक चलखेल गरेको र अवैध गतिविधि गरेको आरोप लगाउँदै विरोध जनाएका छन्। प्रशासनले घटनाको यथार्थ तथ्य बाहिर ल्याइने जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार