Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु

गाजामा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मृतकहरूमा महिला र बालबालिका पनि रहेका बताएका छन्।

एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास गर्ने पालहरूमा हेलिकोप्टरमार्फत प्रहार गरिएको हो।
इजरायली सेनाले भने हमासले संघर्षविराम सम्झौता उल्लङ्घन गरेको जवाफस्वरूप आक्रमण गरेको जनाएको छ।

इजरायल र हमासबीचको द्वन्द्व अक्टोबर ७, २०२३ देखि जारी छ। त्यतिबेला हमासका लडाकूहरूले इजरायलमा आक्रमण गरेपछि द्वन्द्व सुरु भएको थियो।

सुरुवाती आक्रमणमा १,२०० भन्दा बढी इजरायली नागरिक मारिएका थिए भने हमासले २५१ जनालाई गाजामा बन्धक बनाएको थियो। त्यसयता, हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७१,६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार