NL न्यूज
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी समूहबीच भएको भिडन्तमा कम्तिमा १२५ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा कारबाहीका क्रममा ९२ जना लडाकू मारिएका छन्। साथै, भिडन्तमा १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणको पनि ज्यान गएको जनाइएको छ।इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तमा दशकौँदेखि पृथकतावादी विद्रोह जारी रहँदै आएको छ। शनिबार भएका आक्रमणको जिम्मेवारी प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ।
बीएलएले प्रान्तभर एकैसाथ आक्रमण गरिएको र करिब १५ घण्टा चलेको कारबाहीमा ८४ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ।तर, पाकिस्तानी सेनाको सञ्चार शाखा आइएसपीआरले भारत प्रायोजित लडाकूहरूले आक्रमण गरेको दाबी गर्दै कुनै पनि सहर वा रणनीतिक स्थल नियन्त्रणमा लिन खोजिएको प्रयास असफल बनाइएको जनाएको छ।
पाकिस्तानको सबैभन्दा ठूलो तर आर्थिक रूपमा कमजोर प्रान्त बलुचिस्तानमा जातीय बलुच समूहद्वारा दशकौँदेखि विद्रोह हुँदै आएको छ। पाकिस्तानले यस हिंसामा विदेशी पक्षको समर्थन रहेको आरोप लगाउँदै आएको छ, जसलाई भारतले निरन्तर अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति:
आइतबार, माघ १८, २०८२
०८:५८
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्