Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

डिजेल र मट्टितेलमा बढेको मूल्य शनिबार मध्यरात १२ बजेदेखि लागू

काठमाडौं ।  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरात १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको लागत बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

यद्यपि, पेट्रोल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले यी दुई वस्तुको मूल्यमा परिवर्तन नगरेको जनाएको छ।

यसैबीच, निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक–इभन पोइन्टमै बिक्री मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ।
Petrol-Price-Hike-1769912790.jpeg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार