NL न्यूज
ललितपुर । ललितपुरमा श्रीमतीको हत्या गरी श्रीमान् स्वयं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन्।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन्। श्रीमतीको हत्या गरेपछि पाख्रिन टिकाभैरव प्रहरी चौकी पुगेर आफूले अपराध गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका अनुसार दुवै जनाले मदिरा सेवन गरेपछि आपसी विवाद भएको र सोही क्रममा पाख्रिनले चिर्पटले प्रहार गर्दा कोपिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि शव खाटमै राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटना शुक्रबार बिहानको भएको र सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको एसपी मिश्रले बताए। हाल आरोपी पाख्रिनलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनाका थप विवरण, हत्या हुनुका कारण र पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०८२
१४:३५
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्