NL न्यूज
काठमाडौं, माघ १५ – राष्ट्रिय सूचना आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला सबै निकायलाई निर्देशन दिएको छ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले निर्वाचनका क्रममा फैलिन सक्ने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने भन्दै सूचना प्रवाह सत्य, तथ्य र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए। साथै गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय राख्न सरकारलाई सचेत गराइएको उनले बताए।
आयोगले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ।
त्यस्तै, राजनीतिक दल र उम्मेदवारलाई आफ्ना गतिविधि र उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचना प्रयोग नगर्न आयोगले निर्देशन दिएको छ। निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि दलहरूलाई सूचना अधिकारी तोक्न पनि आग्रह गरिएको छ।
सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न निर्देशन दिइएको छ। कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन वा प्रशारण नगर्न तथा उम्मेदवारको सशुल्क प्रचार–प्रसार नगर्न पनि आयोगले सचेत गराएको छ।
आयोगले सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न र भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति:
बिहीबार, माघ १५, २०८२
१५:२४
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्