Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

त्रिभुवन विमानस्थलमा लो भिजिबिलिटी, आन्तरिक उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई–मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लाग्दा हवाई उडान प्रभावित भएका छन्।

कुहिरोका कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तथा अवतरण रोकिएको छ।

भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलका बिहानका उडानहरू डिले भएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजोको वर्षापछि वाष्पीकरण हुँदा माथिल्लो वायुमण्डल चिसो रहेकाले हुस्सुकुहिरो बनेको हो। मौसमविद्हरूका अनुसार यो अवस्था दिउँसोदेखि क्रमशः हट्नेछ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार