Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन् ।

नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित कार्की द्रुतमार्गको अवस्था निरीक्षण गर्न पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले कामको प्रगति बारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न आवश्यक निर्देशन समेत दिइन् । 

सरकारले काठमाडौँ–तराईरमधेश द्रुत मार्ग (फास्ट ट्र्याक)लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ। ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दुरी ७०.९७ किलोमिटर छ।

आयोजनाको २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार