NL न्यूज
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाही जाने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति गगन थापाले भिडियो सन्देशमार्फत काठमाडौँ–४ का मतदातालाई धन्यवाद दिएका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। यसअघि उनी लगातार तीन निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थिए।
वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा सोमबार सर्लाही प्रस्थान गरेका छन् । त्यहाँ उनी आफ्नै निर्वाचन क्षेत्रमा रहेर चुनावी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ।
सर्लाही जानुअघि सार्वजनिक भिडियो सन्देशमा थापाले काठमाडौँ छोडेर मधेस झर्नुको कारण स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘म मधेस जाँदै छु, किनकि म देश जोड्न चाहन्छु।’
पछिल्ला तीन निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित भएका थापाले सो क्षेत्रप्रति आभार व्यक्त गर्दै भने, ‘मैले परिवारको जस्तो माया यो क्षेत्रबाट सधैं पाएँ।’
उनका अनुसार कांग्रेसका नेता तथा कार्यकर्ताले पनि काठमाडौँ नछोड्न सुझाव दिएका थिए। तर, देशलाई जोड्ने उद्देश्यले मधेस झर्ने निर्णय गरेको उनले बताएका छन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्