NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रचारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा विशेष ध्यान दिन मातहतका पार्टी संरचनालाई परिपत्र जारी गरेको छ।
निर्वाचन परिचालन समितिका प्रमुखसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सातै प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रलाई परिपत्र पठाउँदै निर्वाचन आचारसंहिता अनुसार राष्ट्रिय झन्डाको सम्मानजनक प्रयोग गर्न निर्देशन दिएका हुन्।
परिपत्रमा चुनावी प्रचारमा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग नगर्न आग्रह गरिएको छ। साथै,उम्मेदवार वा प्रचारक कसैले पनि राष्ट्रिय झन्डा शिरभन्दा माथि सम्मानपूर्वक फहराउनुपर्ने उल्लेख गर्दै पाखुरा, कम्मर वा घाँटीमा बेर्ने कार्य झन्डाको अपमान हुने कांग्रेसले जनाएको छ।
त्यसैगरी, चुनावी कार्यक्रम स्थल, प्रचार कार्यालय तथा सवारी साधनमा राष्ट्रिय झन्डा पार्टीको झन्डाभन्दा माथि राख्न पार्टी पङ्क्तिलाई अनुरोध गरिएको छ।


सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्