Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाल–साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर : श्रमिक अधिकार सुनिश्चित हुने विश्वास

काठमाडौं । साउदी अरबमा जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई देशबीच श्रम सम्झौताका लागि करिब एक दशकदेखि प्रयास हुँदै आएको थियो ।

सम्झौतामा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले हस्ताक्षर गरेका हुन ।  

यससँगै नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ । खाडी मुलुकमध्ये अब कुवेतसँग मात्रै श्रम सम्झौता हुन बाँकी छ भने ओमनसँग मस्यौदामा सहमति भइसकेको मन्त्रालयले जनाएको छ ।

सम्झौताले साउदीको श्रम बजारमा जाने नेपाली श्रमिकका लागि अवसर विस्तार गर्ने, मानव तस्करी रोक्न पारदर्शी भर्ना प्रक्रियालाई प्राथमिकता दिने तथा श्रमिक र रोजगारदाताको अधिकारको सम्मान हुने विश्वास लिइएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार