Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेन भोलि सुदूरपश्चिम जाँदै, चुनावी प्रचारमा सहभागी हुने

काठमाडौं । झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम प्रदेश जाने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने चुनावी प्रचार कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम तय भएको छ।

चुनावी मनोनयनका क्रममा झापा पुगेका बालेन केही दिन त्यहाँ बसेर हिजो काठमाडौं फर्किएका थिए।

सुदूरपश्चिम प्रदेशबाट बालेन निकट दुई जना नेताहरू उम्मेदवार बनेका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट तथा कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवारी दिएका छन्। ती निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ।

सुदूरपश्चिममा केही दिन बिताएपछि बालेन पुनः काठमाडौं फर्कने कार्यक्रम छ। त्यसपछि उनले काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत चुनावी अभियानमा सहभागी हुने जनाइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार