Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज दिउँसो १ः०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। यस्तै, आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) अन्तर्गत माघ ७ गते उम्मेदवारविरुद्ध दाबी–विरोधमा उजुरी दिने अवधि तोकिएको थियो। सो दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उजुरी दर्ता गरिएको थियो। त्यसपछि दिउँसो ३ः०० बजेदेखि बिहीबार साँझ ५ः०० बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला तथा १ जना अन्य रहेका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयन दर्ता सम्पन्न भएको हो।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना सदस्य निर्वाचित हुनेछन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार