NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पहिलो पटक पार्टी मुख्यालयमा बैठक बस्न लागेको हो।
आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी चुनावमा जाने निर्णय गर्ने तयारी गरेको बताइएको छ। साथै, चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका तय गर्दै आवश्यक योजना र रणनीतिसहित अघि बढ्ने विषयमा पनि छलफल हुनेछ।
कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बैठकले निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण निर्णय लिने जानकारी दिएका छन्।
यसैबीच, नेपाली कांग्रेसले माघ १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्