NL न्यूज
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ। वसन्त पञ्चमी पनि भनिने आजको दिन देशभरका सरस्वती मन्दिरहरूमा पूजा गर्ने भक्तजनको चहलपहल देखिएको छ।
ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न स्थानका सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ।
श्रीपञ्चमीलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ। सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्तीका रूपमा आजकै दिन वैदिककालदेखि विद्याकी देवी सरस्वतीको पूजा गर्ने चलन रहँदै आएको छ।
यसै दिन बालबालिकाको शिक्षारम्भ गराउने तथा शिशुको नाक–कान छेडाउने परम्परा पनि छ। आजका दिन अधिकांश विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम आयोजना गरेका छन्।
संगीत तथा कलाको प्रशिक्षण पनि यसै दिनबाट सुरु गर्दा शुभ हुने विश्वास गरिन्छ। ज्ञानका प्रतीक मानिने पुस्तक, संगीतका वाद्ययन्त्र तथा चित्रकलाका सामग्रीलाई सरस्वतीकै स्वरूप मानी पूजा गर्ने परम्परा रहिआएको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्