Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उज्यालो नेपाल पार्टीका तीन केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीका तीन जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।

राजीनामा दिने नेताहरूमा डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन्।

उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
कुलमान घिसिङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए।

त्यस्तै, ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए। उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ नामकरण गर्नुपर्ने मागसहितको आन्दोलनको नेतृत्व गर्दै आएका थिए।

उज्यालो नेपाल पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया अस्पष्ट भएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नसमेटिएको भन्दै पार्टी परित्याग गरेको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टी छाडेपछि आफूहरू स्वतन्त्र रूपमा रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उनीहरूको भनाइ छ।

उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिमको नाम आदिवासी जनजाति क्लस्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवार सूचीमा समावेश रहेको छ।

Ujyaalo-Nepal-Party-1769053555.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार