NL न्यूज
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ९ बजे सुरु हुनेछ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। उता नेदरल्यान्ड्सले भने लगातार दुई खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको छ।
१० टोली सहभागी यो प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने टोलीहरू ‘सुपर–सिक्स’ चरणमा प्रवेश गर्नेछन्।
‘सुपर–सिक्स’ चरणबाट शीर्ष चार टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्