Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलको तुलसीपुर इजलासले रिहा गर्न आदेश दिएको छ। सहकारी संस्थाको ठगी मुद्दामा धरौटी बुझाएर थुना बाहिर बस्न पाउने निवेदनलाई अदालतले स्वीकृति दिएको हो। लामिछाने र जोशीले बिगो रकम बुझाएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए, जुनअघि जिल्ला अदालतले अस्वीकार गरेको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । अदालतको निर्णयपछि लामिछाने नख्खु कारागारबाट र जोशी भैरहवा कारागारबाट रिहा हुने भएका छन्। लामिछानेले आफूलाई ठगीमा संलग्न नरहेको दाबी गर्दै आएका थिए । 

 

Rabi_Adesh-1766056405.jpg

Rabi-Adesh2-1766056405.jpg

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार