Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचन

मनोनयनको समय नसारिने, माघ ६ मै उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय पछि नसारिने स्पष्ट गरेको छ ।

कांग्रेसको आन्तरिक विवाद र केही दलको तयारी अपूर्ण भएको भन्दै मनोनयनको समय धकेलिन सक्ने चर्चा चले पनि आयोगले पूर्वनिर्धारित कार्यतालिकामै प्रक्रिया अघि बढ्ने जनाएको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको समय पछि सार्ने विषयमा आयोगमा कुनै छलफल नभएको र  माघ ६ गते नै उम्मेदवारी दर्ता हुने बताएका छन् । 

यसअघि आयोगले विज्ञप्ति जारी गर्दै फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता माघ ६ सम्म मात्र हुने स्मरण गराएको थियो ।

आयोगले सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी गराउँदै उम्मेदवारी दर्ताका लागि आवश्यक कागजपत्रको विवरणसमेत विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार