Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीले बोलाइन् छलफलमा

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएकी छन् । आइतबार दिउँसो ४ बजे बालुवाटारमा हुने छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनसँग सम्बन्धित विषयमा आयोगले सरकारलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार निर्वाचन आचारसंहिता लागु हुनुअघि सरकारले गर्न पाउने र नपाउने कार्यबारे आयोगका अधिकारीहरूले स्पष्ट पार्नेछन् ।

‘निर्वाचन आचारसंहिता लागु हुने समय भइसकेको छ । आचारसंहिता लागु भएपछि सरकारका गतिविधि के कस्ता हुन सक्छन् भन्ने विषयमा आयोगका पदाधिकारीले जानकारी दिने कार्यक्रम हो,’ रावलले बताए, ‘यस बाहेक अन्य कुनै राजनीतिक एजेन्डा छैन ।’ निर्वाचन आयोगले यही माघको पहिलो साताबाट प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा सरकार र आयोगबीचको यो छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसैबीच नेपाली कांग्रेसको आन्तरिक विवादले निर्वाचन प्रक्रियामा थप जटिलता सिर्जना गरेको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । साथै, माघ ६ गतेका लागि तोकिएको मनोनयन प्रक्रिया स्थगन गर्न निर्वाचन आयोगमा औपचारिक मागसमेत पेश गरिएको छ । कांग्रेस विवाद, सम्भावित अदालती आदेश र आचारसंहिता कार्यान्वयनको समय एकैसाथ जुधिरहेका बेला बालुवाटारमा हुन लागेको आयोग–सरकार छलफलले आगामी निर्वाचन तालिकाको दिशातर्फ संकेत गर्ने अपेक्षा गरिएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार