NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ। निर्वाचन आयोगले कांग्रेसको मान्यता नदिएपछि देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको हो।
पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले कांग्रेसको आधिकारिक मान्यता दिएपछि देउवा समूह त्यसको विरोधमा उत्रिएको छ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने निर्णय गरेको हो। आयोगबाट निरुपण भइसकेकाले अब सर्वोच्च अदालत जाने निष्कर्षमा बैठक पुगेको जनाइएको छ।
बैठकले यस विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्