NL न्यूज
काठमाडौं – नेकपा एमालेले सार्वजनिक गरेको प्रतिनिधिसभा उम्मेदवारहरूको सूचिमा महिलाको प्रतिनिधित्व अत्यन्त न्यून देखिएको छ। सातै प्रदेशका १६५ निर्वाचन क्षेत्र समेटिएको प्रारम्भिक सूचीमा जम्मा करिब ९ जना महिला उम्मेदवार मात्रै परेका छन्।
उम्मेदवार सूची विश्लेषण गर्दा महिला उम्मेदवारहरू यसप्रकार छन्–
कमला बोहरा – कञ्चनपुर
विमला विक – बर्दिया
भगवती न्यौपाने – तनहुँ
मञ्जु शर्मा चालिसे – बागलुङ
ज्वालाकुमारी साह - बारा
जुली महतो – धनुषा
भगवती चौधरी – सुनसरी
कल्पना राई – सोलुखुम्बु
अस्मिता थापा – ओखलढुंगा
सयौँ नाम सार्वजनिक हुँदा दुई अंक मात्रै महिला उम्मेदवार रहनुले संविधानले व्यवस्था गरेको कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको मर्मसँग एमालेको निर्णय मेल नखाने देखिएको छ।
पार्टीले प्रत्यक्षतर्फ महिलाको उपस्थिति कमजोर बनाए पनि समानुपातिक सूचीबाट पूर्ति गर्ने दाबी गर्दै आएको छ। तर प्रत्यक्ष निर्वाचनमा महिलालाई पर्याप्त अवसर नदिएको भन्दै पार्टीभित्रै असन्तोष देखिन थालेको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्