Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक  शनिबार दिउँसो १ बजे बस्नेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय भएकाले त्यसअघि उम्मेदवार चयन गर्न बैठक बोलाइएको हो ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सोही सिफारिसका आधारमा सचिवालय बैठकले अन्तिम निर्णय गर्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भइसकेको बताइएको छ । हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हबाट उम्मेदवार उठाउने तयारी गरेको छ ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार