Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सक्रिय राजनीतिमा आउने तयारीमा रहेका काठमाडौं महागनर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौं । सक्रिय राजनीतिमा आउने तयारीमा रहेका काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवारी दिने तयारीमा रहेकाले उनले पदबाट अलगिएको जनाइएको छ ।

पाण्डेले आज काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार