NL न्यूज
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्। लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व आजको मुख्य आवश्यकता भएको उनले उल्लेख गरेका छन् ।
२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमा उनले लेखेका छन्, “स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ– देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।”
मेयर शाहले आफूहरू राजनीतिमा आउनुको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको बताएका छन्। शासन प्रणाली जनताको विश्वास जित्ने खालको हुनुपर्नेमा उनले जोड दिएका छन्।
“नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ। संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्,” उनले उल्लेख गरेका छन्, “शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।”
मेयर शाहले नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको कोणबाट मात्र सुरक्षित बन्न नसक्ने उल्लेख गर्दै, संरचनागत सुधारसँगै नीति, नेतृत्व र सामाजिक चेतनालाई पनि सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्