Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रिय लिग फुटबलः आज मछिन्द्र क्लब र न्युरोड टिम भिड्दै

काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत आज मछिन्द्र क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुकी ७ बजे दशरथ रङ्गशालामा हुनेछ।

यसअघि हिजो भएका खेलहरूमा सातदोबाटो युथ क्लब र सङ्कटा क्लबले बराबरी खेल्दा लालीगुराँस युथ क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो। जितसँगै लालीगुराँसले प्रतियोगितामा ३ अङ्क जोडेको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कुल १७ टोली सहभागी छन्।

सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने यस लिगमा कुल १३६ खेल हुनेछन्। खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला तथा एन्फा कम्प्लेक्समा आयोजना हुनेछन्।

एन्फाका अनुसार राष्ट्रिय लिग फुटबलको विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार