NL न्यूज
काठमाडौं । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन्। यसैक्रममा आज काठमाडौंमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ, जसमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ।
विज्ञहरूले भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन गर्दै प्रभावकारी तथा द्रुत खोज तथा उद्धार, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारीलाई अझ सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको औंल्याउँदै आएका छन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्