Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, नयाँ दर विहीबार मध्यरातदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमले गएराति १२ बजेदेखि लागू  हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

Petrol-Bigyapti-1768530946.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार