NL न्यूज
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको विवरण शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन्।
बिहीबार विवरण अद्यावधिक गराउन निर्वाचन आयोग पुगेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले विशेष महाधिवेशनबाट नेतृत्व चयन भइसकेकाले आवश्यक सम्पूर्ण कागजातसहित आयोगमा निवेदन दिइएको जानकारी दिए।
उनका अनुसार नेपाली कांग्रेसको विधानको धारा १७(२) बमोजिम आयोजना गरिएको विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुन्छन्। सोही महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिइएको हो।
सभापति थापाले माघ ६ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने आवश्यकता औंल्याए। यो कुनै दलभित्रको विवाद नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको उनको दाबी छ।
उनले आयोगले छिटो निर्णय गरेर पार्टीभित्र र बाहिर देखिएको अन्योल र दुविधा अन्त्य गर्नुपर्ने पनि बताए। विशेष महाधिवेशन आधिकारिक भएकाले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको थापाको भनाइ छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्