Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।  

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार