Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज

काठमाडौं ।  विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ ।

नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाका अनुसार सभापति गगन थापाको नेतृत्वमा बनेको केन्द्रीय समितिको बैठक कुपोन्डोलस्थित एक बैंक्वेटमा बस्नेछ ।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार बेलुका गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै केन्द्रीय कार्यसमिति गठन गरेको थियो । पुस २७ देखि ३० गतेसम्म चलेको महाधिवेशनबाट १३ पदाधिकारीसहित १६६ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरिएको हो ।

विशेष महाधिवेशनपछि नेपाली कांग्रेस औपचारिक रूपमा दुई पक्षमा विभाजित भएको छ । संस्थापन पक्षका सभापति शेरबहादुर देउवाको समूहले बुधबार अलग्गै केन्द्रीय कार्यसमिति बैठक राख्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही भन्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार