NL न्यूज
सुनसरी । सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान मार्बल बोकेको ट्रक पल्टिदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा ट्रकमा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदार सोही मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको हो ।
सुनसरीका एसपी केशवकुमार थेवेले नेपाल लिडलाई दिएको जानकारी अनुसार ज्यान गुमाउनेहरुमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् । उनीहरू सबै सुनसरीकै बर्जु गाउँपालिका–१ का बासिन्दा भएको थापाले जनाएका छन् ।
थेवेका अनुसार दुर्घटनामा घाईते सुन्दर गुरुङ, बैज गुरुङ र मानबहादुर गुरुङको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्