NL न्यूज
काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ११ बजे सातदोबाटो युथ क्लब र संकटा एफसीबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे लालिगुराँस एशोसिएसन र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।
यसअघि हिजो श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको थियो । एन्फा कम्प्लेक्समै भएको उक्त खेलमा दुवै टोलीले १–१ गोल गरे । भगवतीका लागि हरिहर बुढामगर र चर्च ब्वाइजका लागि एरिक विष्टले गोल गरेका थिए ।
त्यसअघि उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले काँक्रेबिहार क्लबलाई ३–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । फ्रेन्ड्सका प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरेका थिए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कुल १ सय ३६ खेल हुनेछन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्