NL न्यूज
काठमाडौं । आज देशभर माघे सङ्क्रान्ति पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने विश्वास रहिआएको छ, जसअनुसार दिन लामा र रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना र दानलाई पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्छ । ती स्थानमा आज विशेष मेलासमेत आयोजना गरिन्छ । तराईवासीले माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने चलन छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका परिकार खाने परम्परा छ । जाडो मौसममा शरीरलाई न्यानो राख्न यस्ता तातो र पोषिलो खानेकुरा खाने गरिएको हो ।
यस दिन तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि रहिआएको छ । माघे सङ्क्रान्तिकै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस समेत मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई मध्यनजर गर्दै यो दिवस मनाउन थालिएको हो ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्