NL न्यूज
यती समूहको थामसेर्कु ट्रेकिङलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा भएको अनियमितता प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य दम्पतीलाई जिल्ला सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ओलीको स्वकीय सचिव राजेश बज्राचार्य र उनको पत्नी रश्मी शाक्यले यती समूहबाट घुसबापत बालकोटस्थित रोज भिलेज हाउजिङभित्रको झण्डै चार आना जग्गामा बनेको देखिएको भन्दै मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको थियो ।
तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजेश बज्राचार्यको हकमा कुनै पनि निर्णय नगरी पक्राउ परेमा नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की तथा सहसचिव लेखबहादुर कार्की थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पालाई मुद्दा चलाउने निर्णय गरेको छ । पदीय दुरुपयोग गरी सो घर ‘घुसबापत’ लिएको हुन सक्ने भन्दै सीआईबीले भ्रष्टाचारमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको पाइएको छ ।
बज्रचार्यको संलग्नता के हो ? हेर्नुहोस् भिडियोमा
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्