Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार

‘प्रोजेक्ट अफ प्राइड' भनिएको पोखरा विमानस्थल बन्यो भ्रष्टाचारको अखडा, ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौै । देशकै ‘प्रोजेक्ट अफ प्राइड’ भनेर चिनाइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारको कालो धब्बा लिएर अदालतको डेक्चीमा पुगेको छ।

७ अर्ब ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर बराबर अर्थात् नेपाली रुपैयाँमै हिसाब गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसाको अनियमितता भएको अख्तियारको दाबी छ । लागत अस्वाभाविक तवरले बढाइएको र औचित्य प्रमाणित गर्न नसकिएको भन्दै भ्रष्टाचार भएको अख्तियारको ठहर छ । हुन पनि स्वीकृत लागत १६ करोड ९६ लाख ९७ हजार डलर हुँदा  संशोधनपछि लागत २४ करोड ४० लाख ४० हजार ४५० डलर छ ।  यही मूल्यवृद्धि नै भ्रष्टाचारको केन्द्रविन्दु भएको अख्तियारको ठहर छ। परिणामत: पूर्व अर्थमन्त्री रामशरण महतसहित कुल ५५ जना उच्च पदस्थ अधिकारीहरू, र ठेक्का लिने चाइनिज कम्पनी CAMC Engineering —मिलेर ५६ प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । 

को–को परे फन्दामा?
अख्तियारको विवरणअनुसार, निर्णय लिने, कागज पास गराउने, मूल्यवृद्धि अनुमोदन गर्ने र डिजाइन–भ्यालिडेसन प्रक्रियामा संलग्न रहेकाहरूको लामो सूची को छ ।

मन्त्री तह
-रामकुमार श्रेष्ठ – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
-भीम प्रसाद आचार्य – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
- दीपक चन्द्र अमात्य – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
- डा. रामशरण महत – तत्कालीन अर्थमन्त्री
- स्व. पोष्टबहादुर बोगटी (उनका हकवाला राममाया बोगटी) – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

सचिव तह
- सुशील घिमिरे – तत्कालीन सचिव, पर्यटन मन्त्रालय
- सुरेशमान श्रेष्ठ – सचिव, पर्यटन मन्त्रालय
- सुमन प्रसाद शर्मा – सचिव, अर्थ मन्त्रालय
- भेषराज शर्मा – सचिव, कानुन मन्त्रालय

सहसचिव / उपसचिव
(निर्णय, नोट प्रक्रिया, फाइल क्लीयर गर्ने अधिकारीहरू)

- रञ्जन कृष्ण अर्याल
- मोहनकृष्ण सापकोटा
- लोक बहादुर खत्री
- सुरेश आचार्य
- हरिबहादुर खड्का
- मधुकुमार मरासिनी
- लालबहादुर खत्री
- प्रेमनाथ उपाध्याय
- कमल कुमार भट्टराई

नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी
(सञ्चालक समिति सदस्यदेखि महानिर्देशक, निर्देशक, उपनिर्देशक, प्रबन्धक–इञ्जिनियर स्तरसम्म)

- प्रतापबाबु तिवारी
- रतीश चन्द्रलाल सुमन
- त्रिरत्न मानन्धर
- मुक्तिनारायण पौडेल
- सूर्यप्रसाद आचार्य
- सुमनकुमार श्रेष्ठ
- रोशन चित्रकार
- ऋषिकेश शर्मा
- महेश कुमार बस्नेत
- अशोक कुमार सुवेदी
- सुवर्णराज उपाध्याय
- मुरारी भण्डारी
- बाबुराम पौडेल
- हंसराज पाण्डेय
- डा. पुण्यराज शाक्य
- द्वारिका प्रसाद भट्टराई
- कुलप्रसाद सिम्खडा
- गंगासागर मान श्रेष्ठ
- प्रदीप अधिकारी – तत्कालीन उपप्रबन्धक, हालका महानिर्देशक भर्खरै पक्राउ परेकै कारण यो नाम बढी चर्चामा छ । 

इन्जिनियरिङ कन्सल्टेन्ट / विशेषज्ञ
- प्रा. डा. रवीन्द्रनाथ श्रेष्ठ – पुल्चोक
- सूर्य ज्ञवाली – उपप्राध्यापक
- सन्तोषकुमार श्रेष्ठ – उपप्राध्यापक
- डा. पुरुषोत्तम डंगोल – एयरपोर्ट इन्जिनियर
- डा. रामकृष्ण तिमिल्सेना – पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत

चाईनिज ठेकेदार कम्पनी
China CAMC Engineering Company Ltd
- चेयरम्यान वाङ बो
- रिजनल जनरल मेनेजर लिउ शेङचेङ

समेतलाई मुद्दा दर्ता भएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार