Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सिन्धुलीमा एसबीआई बैंक लुटपाटको आरोपमा चार जना पक्राउ

सिन्धुली । नेपाल एसबीआई बैंकको सिन्धुलीस्थित घ्याङलेख, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटको आरोपमा ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार उनीहरूलाई घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । 

“चार जना पक्राउ परेका छन्, थप विवरण आउन बाँकी छ,” एसपी सुवेदीले बताए ।

मंगलबार राति ५/६ जनाको समूहले बैंकको उक्त शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेको थियो । घटनापछि प्रहरीले खोजतलास तीव्र पार्दै लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ विभिन्न स्थानबाट बरामद गरेको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार