Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

संसदीय निर्वाचनको टिकटमा सभापतिबाहेकको हस्ताक्षर स्वीकार गर्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन आज पनि विहानैबाट वार्ता भएको छ । आज सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति जुटाउन छलफल भयो ।

सभापति देउवाले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकटमा हस्ताक्षर नगर्न तयार रहेको बताएका थिए । उनले निर्वाचन आयोग र कानूनले मान्ला कि नमान्ला
, यसअघि आफैंले राष्ट्रियसभा र समानुपातिकमा हस्ताक्षर गरेकाले बुझ्न महामन्त्रीहरुलाई आग्रह गरेका थिए ।

बाँकी विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न तयार रहेको सन्देश पनि उनले महामन्त्रीहरुलाई दिएका थिए । सभापतिकातर्फबाट महामन्त्रीहरुको बटमलाईन पूरा गरेकाले कुरा मिल्ने नमिल्ने उनीहरुकै हातमा रहेको छलफलमा सहभागी नेता रमेश लेखकले नेपाल लिडलाई जानकारी दिए ।

उनले भने
, ‘अब पार्टीको भविष्य महामन्त्रीहरुको हातमा छ ।’ सभापति देउवासँगको संवादपछि
महामन्त्रीद्वय आन्तरिक छलफलमा जुटेका छन् । यता, भृकुटीमण्डपमा नेतृत्व चयनका लागि उम्मेदवार मनोनयन दर्ता जारी छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार