Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान

बुधबार सुन प्रतितोला १,५०० र चाँदी ३१५ रुपैयाँले बढ्यो

विगत केही दिनदेखि लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि उच्च दरले बढेको छ। बुधबार एकैदिन चाँदी प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार