NL न्यूज
जेन–जी आन्दोलनबारे गठन गरिएको जाँचबुझ आयोगले अर्को हप्तादेखि राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगको प्रगति र बयान लिने तयारीबारे जानकारी गराएका हुन्।
आयोगले आफ्नो म्याद एक महिना थप गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको छ। आयोगको म्याद यही पुस ९ गते सकिँदैछ। बाँकी काम पूरा गर्न समय नपुगेको भन्दै म्याद थप आवश्यक रहेको अध्यक्ष कार्कीले बताएका छन्। उनका अनुसार प्रारम्भिक चरणमा बिदा, ढिलो तथ्यांक प्राप्ति र प्रहरीबाट विवरण समयमै नआएकाले काम प्रभावित भएको थियो।
राजनीतिक दलका नेतामध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी छ। तर ओलीले आयोगलाई नमान्ने भन्दै बयान दिन नजाने सार्वजनिक रूपमा बताउँदै आएका छन्। ओली बयान दिन नगए के हुन्छ ?
थप भिडियोमा हेर्नुहोस् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्