Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विवाद टुंग्याउन देउवाले गगन–विश्वप्रकाशलाई महाराजगञ्ज बोलाए

काठमाडौं ।  पार्टीभित्र देखिएको समस्या समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महाराजगञ्जस्थित आफ्नै निवासमा बोलाएका छन्।

प्रतिनिधिहरूबीचको छलफल ठोस निर्णयमा पुग्न नसकेपछि देउवाले शीर्ष तहमा निर्णायक वार्ता गर्न दुवै महामन्त्रीलाई आमन्त्रण गरेको नेताहरूले बताएका छन्।

गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवास पुग्नुअघि नै संस्थापन पक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक त्यहाँ पुगिसकेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार