Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विवाद समाधानका लागि देउवा निवासमा निर्णायक वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि अहिले सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा वार्ता भइरहेको छ।

​​​​​​​सहमतिको अन्तिम प्रयासस्वरूप भइरहेको छलफलमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार र मिनेन्द्र रिजाल देउवा निवास पुगेका छन्।

यसैगरी, अन्य शीर्ष नेताहरू पनि छलफलमा सहभागी छन्। विवाद सहमतिमै टुंग्याउने प्रयासस्वरूप संस्थापन पक्ष आसन्न प्रतिनिधि सभा निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न लचक देखिएको स्रोतले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार