NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच रातभर विभिन्न चरणमा भएका वार्ता निष्कर्षमा नपुगेपछि निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमति सम्भव नभएको हो। यही कारण निर्वाचन प्रक्रियालाई अघि बढाउने निर्णय लिइएको बताइएको छ।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम चरणको वार्ताको प्रयास भइरहेको जानकारी आएको भन्दै त्यसलाई पनि सम्मान गरिने बताए। उनले भने, “हाम्रो निर्वाचन तालिका यथावत् छ। यदि सहमति जुटेन भने निर्वाचन प्रक्रिया अघि बढ्छ।”
उनले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्दै बाँकी जीवन पार्टी र व्यक्तित्वसम्बन्धी लेखनमा समर्पित गर्नुपर्ने धारणा राख्दै अब निर्वाचन प्रक्रियामात्र विकल्प रहेको उल्लेख गरे।
यसैबीच, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्दसत्र समापन भएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको खाका तयार गरिरहेको पनि जनाइएको छ।
आज बिहान पनि वार्ताको ढोका खुला राख्दै नयाँ निर्वाचन तालिकाअनुसार प्रक्रिया अघि बढाइने भएको छ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्म समय थप गरिएको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्